काठमाडौं – लगानी जुटाउन सनराईज बैङ्कले चैत २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा चैत २५ गते र ढिलोमा बशाख १९ गते तोकिएको छ ।
न्युनतम २५ देखि ४ लाख कित्तासम्म आवेदन दिन पाईने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिल लिमिटेडले जनाएको छ । ऋणपत्र २०८० मा फिर्ता हुने छ । ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक लगानीकर्तालाई खुला गरिएको छ ।
ऋणपत्रबाट संकलन गरेको पुँजीमध्ये रु ८० करोड कर्जा सापटी, रु २० करोड तरलता व्यवस्थापन तथा व्यवसाय विस्तारमा लगानी गर्ने बैंकले जानकारी दिएको छ । लगानीयोग्य पुँजीको संकट बढेपछि बैंकले ऋणपत्र औजारमार्फत पैसा जुटाउन थालेका छन् ।
प्रतिक्रिया