काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले चैत २० गतेदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रु १४ करोड ८५ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ बन्द छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
न्युनतम ५० देखि अधिकतम ६५०० कित्तासम्म आवेदन दिन पाइने नविलले जनाएको छ । यसमध्ये ४४ हजार ५५० कित्ता संस्थाका कर्मचारी र ७४ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुटटइएको छ । संस्थापक, सञ्चालक तथा आयोजना प्रभावित स्थानीयबासिन्दाले आईपीओ भर्न नपाउने नविलले जानकारी दिएको छ ।
इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ रेटिङ्ग गरेको छ । कम्पनीले रामेछाप र दोलखामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपरखिम्ती आयोजना निर्माण गरिरहेको छ ।
हिमालयको जडित क्षमता १९ मेगावाट रहेको छ । आयोजना बनाउन रु ३ अर्ब १४ करोड ६४ लाख खर्च हुने कम्पनीले जनाएको छ । आयोजनाको प्रतिमेगावाट लागत रु १६ करोड ५५ लाख ९९ हजार छ । आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी रु ९९ करोड पुग्ने छ ।
प्रतिक्रिया