अति गरिव परिवारलाई ७२ हजार दिने काँग्रेस अध्यक्षको घोषणा

७ बर्ष अगाडि

काठमाडौँ – भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई वार्षिक ७२ हजार दिने घोषणा गरेका छन् । 

अध्यक्ष राहुलले न्युनतम आय योजना कार्यक्रम लागु गरेर अति गरिवीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने बताए । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा राहुलले यो योजना विश्वलाई नै उदारणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए । 

गरिवीमा रहेकाहरुलाई न्युनतम आय सुनिश्चित गर्नका लागि न्युनतम आय योजना लागु गरिने उनको भनाइ छ । 

पाच वर्षमा जनता धेरै समस्याबाट ग्रसित भएको भन्दै उनले भने विशेषगरी गरिव जनता बढी प्रभावित भए,त्यसैले हामीले गरिव जनताको लागि यो योजना ल्याएका हौँ । उनले आफ्नो पार्टीले ल्याएको न्युनतम आय योजना सुनिश्चित गर्ने योजना ऐतिहासीक भएको समेत दावी गरे । 

उनले भने अत्यन्त गरिव २० प्रतिशत परिवारलाई न्युनतम आयका लागि काँग्रेसले सुनिश्चित गर्दछ,बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हालिदिन्छौ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया