काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी बलदेव तिमल्सिनाले जानकारी दिए । अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।
प्रतिक्रिया