काठमाडौं– मन्त्रिपरिषद्को बैठकले फेरी शहीद घोषणा गरेको छ ।
आज साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको बैठकले सरकारले सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुशन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
पछिल्ला केहि बैठकले निरन्तर रुपमा माओबादी सशष्त्र द्वन्द्वमा मारिएका मध्य माओबादी तर्फबाट मारिएकाहरुलाई शहिद घोसणा गर्दै आएको छ ।
यस्तै आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ।
बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया