काठमाडौँ – भक्तपुरमा मनाईने विस्केट जात्राको तयारी शुरु हुन थालेको छ । उक्त जात्राको लागि अहिले रथ निर्माणको लागि काठ तयार पार्न थालिएको छ ।
प्रत्येक वर्ष अर्थात नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
यो जात्रा नौ दिन आठ रात लामो हुन्छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन रहेको छ ।
प्रतिक्रिया