जापानमा रोजगारी: नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

७ बर्ष अगाडि

जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमबार सरकार र जापानी पक्षीबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ।  

ललितपुरमा  सोमबार आयोजित विशेष कार्यक्रमका बीच नेपाल र जापानबीच हस्ताक्षर भएको हो । 

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानको परराष्ट्र मन्त्रालयका अधिकारीबीच श्रमिक आपूर्ति गर्ने विषयसम्बन्धी सहकार्यको समझदारीमा हस्ताक्षर गरियो । सो क्रममा श्रममन्त्री गोकर्णविष्ट समेतको सहभागिता रहेको थियो । 
 

जापानले कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इडोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारीको अवसर दिने गरी यो कार्यक्रम जापानले शुरु गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया