निर्मला हत्या प्रकारण: डीएसपी जिसी अदालतमा उपस्थित

७ बर्ष अगाडि

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी अंगुर जिसी  जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । 

जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् ।

साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका पन्त उखुबारीमा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा पत्ता लाग्न भने सकेको छैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया