केही दिनमै नेपाली कामदार मलेसिया जान पाउछन् : गोकर्ण विष्ट

७ बर्ष अगाडि

काठमाडौँ – रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली कामदार केही दिनमै मलेसिया जान पाउने बताएका छन् । 

मन्त्री विष्टले जापान सम्झौतासंगै मलेसियामा श्रमिक पठाउने सिलसिला केही दिनभित्रै शुरु हुने बताए।

मन्त्री विष्टले भने केही हामीले, केही मलेसियाले प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाउने त्यसैका आधारमा र त्यस्ता स्वास्थ्य संस्था छनोटमा उसैको सहमतिको आधारमा अगाडि बढ्ने भनिएको थियो। 

हामीले स्वास्थ्य परीक्षण मापदण्ड माग पनि गरेका थियौं। उहाँहरूलाई पनि केही समय लाग्यो। ढिलै भए पनि त्यो मापदण्ड आएको छ। त्यसलाई सूचनाको रुपमा अगाडि बढाउँदै छौं।

सम्झौतमा हस्ताक्षर भएको २४ घण्टा बितिसक्यो किन कार्यान्वयन भएन भन्ने आम नेपाली सोच्छन्, तर त्यस्तो हुँदैन। नेपालमा बिचौलिया समस्याका कारण वैदेशिक रोजगारीमा थप समस्या छ। त्यसैले नेपाली युवा नठगियून् भनेर प्राविधिक पक्ष मिलाउन हामीलाई समय लागेको हो। 

गरिब नेपाली आमाबुवाका छोराछोरी जो विदेश जान भनी लिएको ऋण तिर्न नै एक वर्ष लगाउँछन्, हो उनीहरू ठगिनबाट अब बँच्नेछन्। यो हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। यति महत्वपूर्ण उपलब्धि कार्यान्वयन गर्न केही समय त लागिहाल्छ नि१ अझै पनि केही कुरा मिलाउन बाँकी छ।

मापदण्ड स्थापित भएका कानुनअनुसार चल्ने कसैप्रति हाम्रो पूर्वाग्रह छैन। तर, सबै संस्था प्रतिस्पर्धी र पारदर्शी हुनुपर्‍यो। तोकिएको मापदण्ड पूरा हुनुपर्‍यो। त्यसका लागि हामी खुला आह्वान गर्छौं र त्यसले सरकारले लिने परीक्षा उत्तीर्ण गर्छ, उसैले अवसर पाउँछ। मन्त्री विष्टले नागरीक नेटवर्कलाई दिएको अन्तरवार्ताको आधारमा  

७ बर्ष अगाडि

प्रतिक्रिया