लगानी सम्मेलनलाई लक्षित गरी उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

७ बर्ष अगाडि

काठमाडौँ –लगानी सम्मेलनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता बढाइएको छ ।

सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ ।

सम्मेलन आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुँदै छ । सम्मेलनको सुरक्षाकालागि शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी  खटिने छन् 

सम्मेलनलाई लक्षित गरी २ हजार सुरक्षाकर्मी खटिने बताइएको छ । सरकारले सम्मेलनलाई लक्षित गरी आज सोमबार एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दैछ । सरकारले पूर्वाधार, कृषि, जलस्रोत, पर्यटन सहित विभिन्न ६४ आयोजनामा लगानी गर्नका लागि आह्वान गर्ने तयारी गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया