किस्ट मेडिकल कलेजका विद्यार्थी ठगिएको छानबिन टोलीको ठहर

७ बर्ष अगाडि

किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ । कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गरेका थिए । उनकै निर्देशनअनुसार शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा सतर्कता केन्द्रको समेत प्रतिनिधित्व रहेको चार सदस्यीय छानबिन टोली गठन गरिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया