वलीलाई  ८ दिन थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन अनुमति

७ बर्ष अगाडि


जिल्ला अदालत ललितपुरले नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वलीलाई थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । 
काभ्रेबाट पक्राउ परेका वलीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै आज अदालतमा वलीलाई उपस्थित गराएको थियो । अदालतले प्रहरीको प्रारम्भिक दावी पछि आठदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

जिल्ला न्यायाधीश चुरामन खड्काको एकल इजलासले वलीसहित ९ जनालाई नै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । पक्राउ परेका माओवादी नेता कार्यकर्ता विरुद्ध सांगठनिक हातहतियार, राज्यविरुद्धको अपराध र विस्फोटक पद्धार्थ प्रयोग विरुद्धको अभियोग लगाउने प्रहरीको तयारी छ । 

माओवादी नेताहरुको तर्फबाट अधिवक्ता एकराज भण्डारीले बहस गरेका थिए भने सरकारको तर्फबाट अधिवक्ता मुन्ना सिहंले बहस गरेकी थिइन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया