काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति
विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खोटाङको समावेशी गाउँपालिका वडा नंबर २ मा २ कित्ता जमिन रहेको उल्लेख छ ।
जसमा २६ रोपनी रहेको छ । पोखरेलले एउटा कित्तामा १२ रोपनी, २ पैसा र अर्को कित्तामा १० रोपनी १४ आना २ पैसा १ दाम देखाइएको छ ।
चन्द्रकुमारी पोखरेलको नाममा रहेको उक्त जग्गा मन्त्री पोखरेलले पैतृक सम्पत्ति भएको जनाएका छन् । पोखरेल योसँगै पाँच पटक मन्त्री भइसकेका छन् ।
प्रतिक्रिया