प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

७ बर्ष अगाडि

काठमाडौं महानगरपालिका-२७ लैनचौरमा ड्युटीमा खटिएको प्रहरीलाई नगद दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख ७७४८ नम्बरको मिनीट्रकका चालक ललितपुर सातदोबाटो बस्ने रामेछाप गेलु-२ का ३० वर्षीय भूवनसिंह कार्कीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त सवारी स्थानमा जाँच गर्ने क्रममा नियम विपरित चलाएको उक्त मिनीट्रकलाई ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा चालक कार्कीले नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि मिनीट्रकसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया