प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा ३ बजे सम्बोधन गर्ने

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ ।

बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हुदैछ । 

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गर्नुभएको थियो ।

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया