याहाँको लिखु गाउँपालका अध्यक्ष गोविन्द पौडेलमाथि गएराती आक्रमण भएको छ । नचिनेका एक समुहले गएराती करिब १० बजे तिर अध्यक्ष पौडेलमाथि आक्रमण गरेको जिल्ला गाउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताए ।
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको उपाध्यक्ष ढुंगेलले बताए ।
कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि आक्रामण गरेको अध्यक्ष पौडेलले बताए । ‘म निवासमै सुतिरहेको थिएँ, अंकल बाहिर निस्कनुस् न जरुरी काम भने , म नागरिक दुःख पाएर आए होलान् भन्ने ठानेर बाहिर निस्किए त्यहीबेला आक्रमण भयो ।’
पौडेलले भने । अहिले घाईते पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको प्राथमिक उपचारपछि बिहीबार थप उपचारका लागि काठमाडौं लगीने पारिवारीक स्रोतले बताएको छ । यता जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले घटनाको अनुसन्धान भैरहेकाले अपराधी चाडै पत्ता लगाईने बताए ।
प्रतिक्रिया