३ बर्षसम्म बैंक खाता नचलाए निस्क्रिय हुने

६ बर्ष अगाडि

काठमाडौँ – तीन वर्षसम्म नचलाएको बचत खाता स्वत्त: निस्क्रिय हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रिय बैंकले भनेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार देशभर चालु आर्थिक वर्षको ६ महिनासम्म २ करोड २० लाख बचत खाता खोलिएका छन् । यसमा साढे ४४ लाख बचत खाता निस्क्रिय छन् ।  निस्क्रिय भएका चल्ती र कल खाता निवेदन दिएर सक्रिय गराउँन भने पाइनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया