काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनिहरुलाई सरकारले कारवाहीको दायारमा ल्याउने स्पष्ट पार्नुभएको छ ।
गत आईतबार बिराटनगरमा श्रीनिवास आचार्य माथि भएको गोलि प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा बिभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजविन जारी रहेको बताउनुभयो ।
सो घटनाले आफुलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नहरुको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफुले सुरक्षा निकायलाई निर्देशन दिईसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ जातियता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनिहरुलाई कारवाहीको दायरमा ल्याईनेछ । ’’
प्रतिनिधिमण्डलको माग बमोजिम घाईते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने समेत उहाँले बताउनुभयो ।
प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानविन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाईते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग राखेका थिए ।
प्रतिक्रिया