काठमाडौँ । चर्चामा आएको करिब ३० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ ।
खानेपानी मन्त्रालयकाअनुसार आज सो आयोजनाको कूल २७ किलोमिटर सुरुङ छिचोलिने भएको हो ।
चर्चामा आएको लामो समयसम्म कहिले ठेकेदारले काम नगर्दा तथा कहिले स्थानीयको अवरोधका कारण रोकिदै आएको सुरुङ निर्माणमा उल्लेख्य प्रगति हुन लागेको हो ।
मेल्म्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाकाअनुसार आज राती सुरुङ ब्रेक थ्रू भएको हो ।
सुरुङ खन्न थालेको सात वर्षपछि सुरुङ सकिन लागेको हो ।
सुरुङ निर्माण सकिएपनि आयोजनाबाट काठमाडौँमा पानी आउन अझै चार महिना समय लाग्नेछ ।
त्यसको पछाडिको खास कारण भनेको सुरुङको मर्मत तथा प्लास्टर नै हो ।
सुन्द्यरीजल सिन्धु र ग्याल्थुम खण्ड यस अघि नै सुरुङ निर्माण कार्य सकिइ सकेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालको निर्वाचनको क्रममा मेलम्चीको पानी ल्याएर काठमाडौँको सडक पखाल्ने भन्दै भोट मागेका थिए ।
उनले २०५६ सालमा पुनः प्रधानमन्त्री हुँदा समेत सो आयोजनाको चर्चा गरेका थिए । आयोजनाका अनुसार सोमबार साँझसम्म आयोजनाको करिब ८ मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको थियो ।
मेलम्ची खानेपानी आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
सुरुङको ढलान तथा मर्मत गरेर छिट्टै काठमाडौँमा पानी ल्याउने योजनाका साथ काम भइरहेको निर्देशक देवकोटाले बताए ।
उनका अनुसार ठेकेदार परिचालनमा विशेष जोड दिइएको छ, छिट्टै सुरुङ मर्मत कार्य सकिन्छ र राजधानीमा मेलम्चीको पानी आउने सपना समेत पूरा हुनेछ ।
तीन भागमा विभाजन गरेर सुरुङ खनिदै आएकोमा सोमबार राती भने ग्याल्थुम सिन्धु खण्ड ब्रेक थ्रु भएको हो ।
सुरुङ खन्ने काम प्राविधिक रुपमा सकिएपनि आयोजनाले यही चैत २९ गते विहिबार मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
आयोजनामा एसियाली विकास बैंकले रु आठ अर्ब ७४ करोड रकम ऋण वापत उपलब्ध गराएको हो ।
आयोजनाबाट प्राप्त हुने पानी काठमाडौँ उपत्यकाबासीका लागि बरदान सावित हुने विश्वस लिइएको छ ।
लामो समय काकाकुल जसरी बस्दै आएका काठमाडौँबासीलाई सहज रुपमा खानेपानी सेवा दिन आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ ।
लार्के र याङ्ग्रीको पानी समेत थप गरेर आयोजनाबाट उल्लेख्य रुपमा पानी ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया