एजेन्सी – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका महान खेलाडी हुन्। पेनाल्टीमा गोल गर्न माहिर रोनाल्डोलाई खेल दौरान धेरै फ्रि-किक प्रहार गरेको पनि देख्न सकिन्छ।
रोनाल्डो रहेको क्लब युभेन्टसका पेजानिक र पाउलो डिबालाले पछिल्लो समय फ्रि-किकमार्फत रोनाल्डो भन्दा धेरै गोल गरिसकेका छन्। भर्खरै मात्र स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले युभेन्टसका लागि २६ खेल खेल्दै १९ गोल गरेका छन्।
रोनाल्डो पूर्वक्लब रियलमा रहँदा पनि फ्रि-किक प्रहार गर्नमा माहिर थिए। हाल युभेन्टसमा पनि खेल दौरान रोनाल्डोले नै फ्रि-किक प्रहार गरेको देख्न सकिन्छ। तर, पछिल्लो समय क्लबका युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले रोनाल्डोको फ्रि-किक प्रहारबारे प्रतिकृया दिएका छन्।
उनले डिबाला र पेजानिकले यो सिजन धेरै फ्रि किक प्रहार गर्न नपाउने बताए। “हामीलाई थाहा छ हामी कसरी काम गरिरहेका छौँ। यदि फ्रि-किक प्रहार गर्ने समयमा रोनाल्डो त्यहाँ भए हामी मात्र राम्रो फोटोग्राफीका लागि उभिन्छौं”, डिबालाले ‘गज्जेटा डेलो स्पोटर्स’ संग कुरा गर्दै भने, "पेजानिकको खेलमा हाल रोल अर्को भइसकेको छ, पहिले हरेक खेलमा म र उनी मिलेर फ्रि-किक प्रहार गर्थे। हाल शत प्रतिशत रोनाल्डोले नै प्रहार गर्छन।"
रोनाल्डोले अन्तिम पाँच वर्ष यता सबै प्रतियोगितामा प्रहार गरेका फ्रि-किकमा जम्मा ९ गोल गरेका छन्। तर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले २४ गोल गरेका छन्। पछिल्लो पाँच वर्ष यता प्रहार भएका एक सय ७४ फ्रि-किकमा रोनाल्डोले ९ गोल गरेका छन्।
तर क्लबका डिबाला र पेजानिकले उनीभन्दा धेरै गोल गरेका छन्। डिबालाले ६४ प्रहारमा १० गोल गरेका छन् भने पेजानिकले ९१ प्रहारमा १४ गोल गरेका छन्।
प्रतिक्रिया