सरकारद्वारा फेरि सचिवको सरुवा, को–कहाँ ?

८ बर्ष अगाडि

काठमाडौं–  सरकारले फेरि  दुई सचिवको सरुवा गरेको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । 
यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई  पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको  सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले गुपचुप ढंगले  ३० सचिवको सरुवा गर्ने  गरेको थियो भने सो सरुवाका सम्बन्धमा माओवादी मन्त्रीहरुले  तीब्र असन्तुष्टि जनाएका थिए । 
बैठकले  नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायात समाजका हरेक तह र तप्काका व्यक्तिलाई  एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत बैठकले आहवान गरेको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया