काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आज निर्णय गर्न सकेन । आजको बैठकमा सामान्य छलफल भएपनि निर्णय हुन नसकेको बताइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीको म्याद भोली अर्थात चैत २८ गते ३० वर्षे सेवा असकिने भएपछि आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी नियुक्ति गर्ने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे कुनै निर्णय नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।
प्रतिक्रिया