कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौन सम्पर्कलाई बलात्कार भन्ने गरिन्छ । त्यसैगरी उमेर नपुगेको ब्यक्तिलाई ललाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिइन्छ । कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ । रुपन्देहीमा पनि दिनहुँ यस्ता बलात्कारका घटना बढि रहेका छन् । रुपन्देहीमा सबैभन्दा धेरै चेलिबेटीहरु आफ्नै छिमेकी, साथी अथवा नातेदारबाटै बलात्कार हुनु परेको तथ्य बाहिर आएको छ । जिल्लाभरको तत्थाङ हेर्ने हो भने २०७४÷०७५ को यो अवधी सम्म २९ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयको तत्थाङ अनसार २९ वटा घटना मध्ये छिमेकी बाट ४, साथीबाट ६ , परिचित व्यक्तिबाट ९ र आफ्नै नातेदारबाट ४ वटा बलात्कारको घटना भएको छ भने ६ वटा अन्य वाट भएको छ । २०७३÷०७४ को तत्थाङ हेर्ने हो भने ४३ वटा घटना मध्ये छिमेकी बाट ६, साथी बाट १४ , परिचित बाट १२ र आफ्नै नातेदार बाट ९ वटा बाटनै भएको छ भने २ वटा अन्य वाट भएको छ। यसरी चिनजान भएको परिचित ब्यक्तीहरु बाटै महिला धेरै बलात्कृत भएका छन्। त्यसै गरि बलात्कारको घटनास्थल अनुसार तत्थाङक हेर्ने हो भने २०७४÷०७५ मा घटेका २९ वटा घटना मध्ये घर र गोठमा १८ वटा, होटल तथा लजमा ९ वटा घटना र अन्य ठाउँमा २ वटा भएका छन् । २०७३÷०७४ मा घटेका ४३ वटा घटनामा घर र गोठमा २६ वटा, होटल तथा लजमा १४ वटा र अन्य ठाउँमा ३ वटा घटना घटेका थिए। त्यस्तै जबरजस्ती करणी उद्योगमा २०७४र०७५ मा घटेका १३ वटा घटना मध्ये घर र गोठमा ८ वटा र होटल तथा लजमा ५ वटा घटना भएका छन् भने २०७३÷०७४ मा घटेका ३० वटा घटनामा घररगोठमा १५ वटा, होटल तथा लजमा ७ वटा र अन्य ठाउँमा ८ वटा घटना घटेका थिए। त्यसैगरि २०७४÷०७५ को तत्थाङ अनुशार बलात्कारको शिकार भएका महिला मध्ये धेरै जसो १६ देखी २५ बर्ष भित्रका महिलाहरु रहेका छन् । १६–२५ बर्षमा ५२५ , २६(३५ बर्षमा २०५, ३६(४५ बर्षमा १४५ र १५ बर्ष मुनिमा १४५ घटनाहरु घटेका छन् । त्यसैगरि २०७४÷०७५ को तत्थाङ अनुशार बलात्कारको शिकार भएका महिला मध्य धेरै जसो पेशाले मजदुरी गर्ने रहेका छन्। तत्थाङ अनुशार कृषीका ७, मजदुर १३, बिद्यार्थी ५, बैदेशिक रोजगार २ र बेरोजगार २ जना बलात्कारको शिकार भएका छन्। २०७४र०७५ सालमा घटेका २९ वटा घटना मध्य ललाईफकाईरप्रेम बिवहाको बहानामा मात्र १२ जना बलात्कृत भएका छन्। त्यसै गरि बलजफ्ति जोरजबरजस्ती गरी ११ जना, आर्थिक प्रलोभनमा पारी २ जना, डर त्रास देखाई २ जना, शरिर बन्धक र बालबिज्याई १र१ जना बलात्कारको शिकार भएका छन्। यसरी रुपन्देही लगायत नेपालको धेरै ठाउँमा बलात्कारको घटना बढ्नुको कारण हेर्ने हो भने धेरै जस्तो समाजिक संजालको दुरुपयोग र छिमेकी तथा नातेदारहरु बाटै हुने गरेको छ। यस बाहेक हेर्ने हो भने आर्थिक बिपन्नता, प्रलोभन आदि, जनचेतनाको कमि, सामाजिक सुरक्षाको अभाव, सामाजिक मान प्रतिष्ठासँग जोडिएको कारण पिडित पक्ष प्रहरीकोमा नआउदा अपराधीको हौसला बढ्नु, मादक प्रदार्थ तथा लाघु औषध दुव्र्यसनी, खुल्ला सिमाना लगायतका रहेका छन् ।
प्रतिक्रिया