स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सुरु

७ बर्ष अगाडि

काठमाडौँ –  स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानमा सुरू भएको छ।

सिके राउत नेतृत्वको उक्त बैठक लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको हो ।  बैठकमा मधेसका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी हुनेक्रम जारी रहेको स्वतन्त्र मधेस गठबन्धनका एक कार्यकर्ताले बताए  ।

उनका अनुसार मूलगेटबाटै राउतका आन्तरिक सुरक्षाकर्मीले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। बैठकमा नेपाल प्रहरीलाई पनि जान दिइएको छौन । कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीलाई राउतका  सुरक्षाकर्मीले बाहिर निकालिदिएको छ।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यक्रर्तालाई समेत मूलगेटमै कडा सुरक्षा जाँचपछिभित्र प्रवेश दिइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया