अब ‘हाम्रो पात्रो’बाट घर बसीबसी किरानाका सामान यसरी किनौं

८ बर्ष अगाडि

काठमाडौं–नेपालको चर्चित एप्स ‘हाम्रो पात्रो’बाट किरानाका  सामान खरिद गर्न सकिने भएको छ । हाम्रो पात्रोका अनुसार अब घरमै बसीबसी चिनी, दाल, चामल, घ्यूलगायतका सम्पूर्ण घरायसी सामान खरिद गर्न सकिनेछ । 
हाम्रो पात्रोबाट सामान खरिद गर्नको लागि ०१–४४११००० नम्बरमा सम्पर्क गरेर अर्डर गर्नुपर्नेछ भने हाल काठमाडौंको लागि निशुल्क डेलिभरीको सुविधा उपलब्ध रहेको छ । 
 हाम्रो पात्रोको नयाँ सञ्चालनमा रहेको वेवसाइट ‘मेरो किराना डटकम’मा गएर थप जानकारी पाउन सकिने छ ।  हाम्रो पात्रोले नयाँ वर्ष २०७५ सालको अवसरमा सामानहरुको खरिदमा ५ प्रतिशत अतिरिक्त छुटको व्यवस्था समेत गरेको जनाएको छ । 
घरमै बसीबसी दैनिक उपभोग्य बस्तु खरिद गर्नको लागि हाम्रो पात्रोले ल्याएको यो योजनाले उपभोक्तलाई थप सहज हुने विश्वास व्यक्त गरिएको छ ।
 

८ बर्ष अगाडि

प्रतिक्रिया