टेलिकमले ल्यायो छुटको यस्तो अफरै अफर

७ बर्ष अगाडि

काठमाडौं/ नेपाल  टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न  छुट योजना सार्वजनिक गरेको छ । 

वार्षिकोत्सवको अवसरमा टेलिकमको भद्रकाली प्लाजास्थित प्रांगणमा सोमबार आयोजित कार्यक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुट योजनाको घोषणा गरिन् । 
घोषणाअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ । 

कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र  अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ । 

 यस्तै माघ २३ देखि माघ २९ सम्म  रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५००र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । 

यसैगरी पीएसटीएन सेवाग्राहीका  लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ । 

यस्तै अन्तराष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ । 

यस्तै २५ माघ देखि २५ बैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरु ल्याउने पनि टेलिकमले जनाएको छ । 


सो अवसरमा सम्बोधन गर्दै प्रवन्ध निर्देशक राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् । 

उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।  

७ बर्ष अगाडि

प्रतिक्रिया