ओली र बादलको निर्णय सुन्दा बालुवाटारमा मन्त्री नै तिन छक्क !

७ बर्ष अगाडि

काठमाडौं – मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाइएको थियो । एजेण्डा खासै नयाँ केही थिएनन् । नियमित एजेण्डामा छलफल भइरहेको थियो ।  बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।  मन्त्रीहरुका केही प्रस्तावका बारेमा प्रधानमन्त्रीले लौ हुन्छ भन्दै सदर गरिरहेका थिए । त्यसैक्रममा प्रधानमन्त्रीले गृह मन्त्रीले केही प्रस्ताव राख्नुहुन्छ । त्यो अत्यन्तै जरुरी प्रस्ताव छ भन्दै बोल्न समय दिए ।

प्रधानमन्त्रीले त्यत्ति मात्रै भनेनन् । यसमा मेरो समेत मेहनत परेको छ । मैले र गृहमन्त्रीले यो विषय तयार पारेका हौ । प्रधानमन्त्रीले त्यस्तो कुरा सुनेर पूर्व माओवादी केन्द्रका मन्त्रीहरु समेत चित्त खाए । सामान्यतया मन्त्रिपरिषद्को बैठकमा उठ्ने एजेण्डाका बारेमा पूर्व माओवादीका मन्त्री बीच अनौपचारिक रुपमा टेलिफोनमा नै भएपनि छलफल गर्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा कुराकानी हुने गरेको एक मन्त्रीले जानकारी दिए । तर प्रधानमन्त्रीले नै यो प्रस्तावमा गृहमन्त्री र मेरो चासो छ भनेपछी सबैको ध्यान त्यतै गयो ।

प्रधानमन्त्रीले समय दिएपछि गृहमन्त्रीले प्रस्ताव राखे  नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले देशव्यापी रुपमा ध्वम्शात्मक गतिविधि अगाडि बढाएको र मान्छे समेत मार्न थालेकाले उसको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गर्नु उपयुक्त हुन्छ । यस विषयमा आज जसरी भएपनि निर्णय हुन्छ । प्रधानमन्त्रीले यसमा मेरो समेत चासो रहेको बताउनु, गृहमन्त्रीले पनि प्रधानमन्त्रीको भाषा बोल्दै त्यस्तो प्रस्ताव राखेपछि पूर्व माओवादी केन्द्रका मात्रै नभई पूर्व एमालेका मन्त्री समेत बालुवाटार बैठकमा तिन छक्क खाए । प्रधानमन्त्रीले निर्णय सदर भएको सुनाए र मुख्य सचिव लोकदर्शन रेग्मीलाई माइन्यूट गर्न निर्देशन दिए ।

सोही दिन प्रधानमन्त्रीले वैदेशिक रोजगार व्यवसायीसँग भेटवार्ता गरेका थिए भने नेत्र विक्रम चन्दको ज्यादतीमा परेका केही व्यापारी तथा व्यवसायीसँग पनि बालुवाटारमा छलफल गरेका थिए । उनले सोही दिन बस्ने मन्त्रिपरिषद्को बैठकले केही न केही निर्णय गर्ने भन्दै उनीहरुलाई जानकारी गराएका थिए । जानकार स्रोतकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा , गृहसचिव प्रेमकुमार राईलगायत विष्णु रिमाल र राजन भट्टराई, सुवासचन्द्र नेम्बाङलगायत बसेर उक्त प्रस्ताव तयार पारेका थिए । जानकारहरुका अनुसार विगतमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले गुलेली चलाउन नजान्नेले सेना र प्रहरीलाई जिस्क्याएको भन्दै तत्कालीन माओवादी माथि नियन्त्रण गर्ने बताएका थिए ।

सोही शैलीमा ओलीले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । त्यसमा जनयुद्धका उनै कमाण्डर बादलको प्रस्ताव लगेका छन् । देशव्यापी रुपमा शान्ति सुरक्षाको अवस्था बिग्रेको र सुरक्षा थ्रेट नै विल्व माओवादी भएको भन्दै प्रस्ताव लगेर ठाडै पारित गराए । प्रस्ताव पारित भएपछि प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई फोन गरेर बालुवाटार बोलाए । सँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत बालुवाटार बोलाए र मन्त्रिपरिषदले गरेको निर्णयका बारेमा जानकारी गराए ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिका विषयमा नेकपा अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डले कुनै खास टिप्पणी गरेका छैनन् । प्रचण्डलाई समेत जानकारी नै नदिइकन पछिल्ला दिनमा प्रधानमन्त्रीले एकलौटी रुपमा निर्णय गर्न थालेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया