काठमाडौँ – आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारलेआयोजना गर्न लागेको लगानी सम्मेलनमा ६३ वटा विकास आयोजनाको प्रस्ताव सूची पेश गर्ने भएको छ ।
लगानी बोर्डले र निजीक्षेत्रसमेतले पूर्वसम्भाव्यता अध्ययन गरी तयार परिएका यी आयोजना देशका सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित विकासको अवधारणामा आाधारित छन् । यही चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा लगानी बोर्डले आफ्नै पहलमा ४६ वटा र निजीक्षेत्रका १७ वटा परियोजना लगानीकर्ता माझ राख्दैछ ।
पूर्वी र पश्चिम नेपाल समेट्ने गरी बोर्डले झन्डै ३० खर्ब रुपियाँलगातअनुमानसहित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रस्ताव तयार गरेको छ । काठमाडौँलाई पोखरासँंग जोड्ने विद्युतीय रेलमार्गको प्रस्ताव पनि बोर्डले तयार पारेको छ ।
पूर्वाधार विकासका आयोजनामा जोड दिँदै बोर्डले छानेका योजनाहरु यातायात, पर्यटन, कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सबैखाले योजना यसमा परेका देखिन्छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार आयोजनाहरु राष्ट्रिय आवश्यकता, संभाव्यता र लगानीकर्ताको संभावित आर्कषणजस्ता पक्षलाई हेरेर चयन गरिएको छ ।
सकेसम्म हिमाल पहाड तराईदेखि सबै प्रदेशका संभावित आयोजनाहरुमा लगानी भित्रयाउने गरी हामीले तयारी गरेको छ । यसका लागि हामी सबै प्रदेश सरकारलगायत सरोकारवाला निकायसँग छलफलसमेत गरेका थियो ।
बोर्डले तयार गरेको आयोजना सुदूरपश्चिम परिवहन परियोजना सभावेश छन् । त्यस्तै प्रदेश १ मा एक हजार ११० मेगावाटको सुनकोसी जलविद्युत् परियोजा परेका छन् । काठमाडौ उपत्यकामा काठमाडौंमा मेट्रो परियोजना तथा रिङरोड बस रयापिड ट्रन्जिट परियोजना समेत समेटिएको छ ।
प्रतिक्रिया