शान्तिकै मार्गबाट समस्याको समाधान खोजौं: प्रमुख सचेतक खाँण

७ बर्ष अगाडि

बुटवल – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने काम गरेको आरोप लगाउँदै बार्ताको ढोका खोल्न र सो पार्टीलाई पनि शान्तिको मार्गमा आउन आग्रह गरेका छन् ।

उनले सरकारले पनि वार्ता संवादकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने धारणा राख्दै अव मुलकले हिसा नहन नसक्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेता खाँणसंग नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले संवाद र छलफलको ढोका बन्द गरेर जवरजस्त भूमिगत बनाउने काम गर्न नहुने बताए ।

उनले भने  ‘सरकारबाटै विप्लव नेकपालाई जवरजस्त भूमिगत बनाउने काम भएको छ ।’ विप्लव पनि विद्रोह छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्छ र सरकारले पनि शान्तिको बाटो बन्द गर्न नहुने उनको भनाई थियो ।

मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी गतिबिधी गर्दै आएका सिके राउत मुल धारको राजनीतिमा आउनु राम्रो भएपनि सरकारसंगको संझौता पछि पनि पुरानै गतिबिधि गर्नुले आशंका उत्पन्न गराएको बताए ।

 मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी जनमत संग्रह हुनै नसक्ने बताउँदै संविधानकै वरखिलाव हुनेगरी स्वयम सरकारले सम्झैता गर्नु राम्रो नभएको प्रतिकृया दिए ।

 उनले भने –‘सरकार असफल नहोस, सरकार नचिप्लीयोस भन्ने हाम्रो भनाई हो ।’फरक प्रसंगमा नेता खाँणले प्रदेश सभाले प्रदेश पाँचको राजधानी र नामाकरण चाडो टुंगो लगाउन पनि आग्रह गरे ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया