एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपार स्टार खेलाडी लियोनल मेस्सीले यस सिजनको च्याम्पियनस लिग उपाधि बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भित्राउने आफ्नो इच्छा घोषणा गरेका छन् । उनले बुधबार लियोनविरुद्धको खेलमा ५-१ ले विजयी भएपछि पुनः एक पटक क्याम्प नाउमा च्याम्पियन्स लिगको उपाधि भित्राउने इच्छा रहेको जनाएका हुन् ।
मेस्सीले प्राय सबै जसो सिजनमा आफ्नो एक रेकर्ड बनाउदै आएका छन् । सोहि अनुरुप यस बर्ष पनि एक नयाँ रेकर्ड बनाउने तयारीमा छन् । उनले यस बर्ष च्याम्पियन्स लिगकमो उपाधि जिते सर्वाधिक च्याम्पियन्स लिग उपाधि जित्ने खेलाडीमा पर्ने छन् ।
किनकी मेस्सीले आफ्नो खेल जिवनमा चार पटक च्याम्पियन्स लिगको उपाधि जिती सकेका छन् । यसअघि इटालियन ब्लक एसी मिलानका पाओलो मालडिनीले, इटालियन क्लब मिलानकै एलेसान्द्रो कोस्टाकुर्टा तथा म्यानचेस्टर युनाइटेड र रियल मड्रिड गरि क्रिस्टियानो रोनाल्डोले पाँचा पाँच पटक च्याम्मिपयन्स लिगको उपाधि जिती सकेको छ ।
च्याम्पियन्स लिगको उपाधि जिते मेस्सी स्पेनिस ला लिगा फुटबलमा सर्वाधिक उपाधि जित्ने पहिलो खेलाडी बन्ने छन् । हाल सम्म बार्सिलोनाले ५ पटक च्याम्पियनस लिगको उपाधि जितेको छ ।
जाहाँ चार पटक उपाधिका लागि मेस्सीले महत्वपूर्ण भुमिका खेलेका छन् । च्याम्पियन्स लिगको सर्वाधिक उपाधि भने रियलले १३ पटक जितेको छ । त्यस्तै एसी मिलानले ७ पटक तथा बार्यन म्युनिख, लिभरपुल र बार्सिलोनाले समान ५-५ पटक उपाधि जितेका छन् ।
प्रतिक्रिया