कांग्रेस नेतृत्वमा २५ वर्षमा के-के भने उपलब्धि ?

७ बर्ष अगाडि

काठमाडौँ- सरकारले श्वेतपत्रमार्फत मुलुकको आर्थिक अवस्था नकारात्मक रूपमा प्रस्तुत गरेर जनतामा निराशा पैदा गरेको आरोप प्रमुख विपक्षी कांग्रेसले लगाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा श्वेतपत्र प्रस्तुत गरेको १० दिनपछि कांग्रेसले २४ बुँदे आधिकारिक प्रतिक्रिया दिएको हो । अर्थमन्त्री खतिवडाले १६ चैतमा संसद्मा ७४ बुँदे श्वेतपत्र पेस गरेका थिए ।

अर्थतन्त्रका सकारात्मक सबै पाटाबारे नजरअन्दाज गरेर अतिरञ्जित रूपमा श्वेतपत्र प्रस्तुत गर्दा जनतामा निराशा छाएको कांग्रेसको टिप्पणी छ । उसले सरकारको श्वेतपत्रलाई ‘लालपत्र’को संख्या दिएको छ, नयाँ पत्रिकामा खबर छ  ।

कांग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका कामको तथ्यांक नै प्रस्तुत गरेको छ : विसं. २०४८ विंस. २०७३
१ गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिशत ४९ २१
२ साक्षरता (प्रतिशत), १५–२४ उमेर समूह ५० ९०
३ प्राथमिक विद्यालयमा खुद भर्नादर (प्रतिशत) ६४ ९७
४ माध्यमिक विद्यालयको संख्या १,९५९ ३,५९६
५ उच्च शिक्षामा महिला र पुरुषको अनुपात १ः३ १ः१
६ औसत आयु ५४ ७१
७ चिकित्सा र इन्जिनियरिङ विद्यार्थी संख्या (स्नातक तह) ५७९ ३७,१३०
८ स्वास्थ्यचौकीको संख्या १,०९८ ४,११६
९ शिशु मृत्युदर (प्रति १,००० जीवित जन्म) १०८ ३३
१० मातृ मृत्युदर (प्रति १ लाख जीवित जन्म) ८५० २५८
११ खानेपानीको सुविधा पुगेको जनसंख्याको प्रतिशत ३६ ८४
१२ शौचालय र सरसफाइ पुगेको जनसंख्याको प्रतिशत ६ ८१
१३ ऊर्जा शक्ति २२७ मे.वा. ८५१ मे.वा. (अर्को २ वर्षमा २३००)
१४ विद्युत्मा पहुँच पुगेको जनसंख्याको प्रतिशत ९ ७४
१५ सडक (सबै खालका) ७,३३० किमि ८१,३७१ किमि
१६ सडक (कालोपत्रे र ग्रावल) ४,६१६ किमि ३२,६३९ किमि
१७ सिँचाइ (हेक्टर) ५.४ लाख १४ लाख
१८ टेलिफोन ७१,५६० २७,८५०,००० (मोबाइल)
१९ बैंकिङ तथा वित्तीय संस्थाहरूको संख्या ५ ११७
२० कुल गार्हस्थ उत्पानमा राजस्वको अनुपात (प्रतिशत) ९ २१
२१ बजेटमा विदेशी अनुदान र ऋणको अनुपात (प्रतिशत) ४५ १५
२२ वनले ढाकेको क्षेत्र (कुल क्षेत्रफलको प्रतिशत) ३७ ४५

७ बर्ष अगाडि

प्रतिक्रिया