बोइङ लिलामको फाइल घुमेको घुम्यै

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ । 

‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको बैठक जहाज लिलाम गर्न फेरि डरायो । ‘हामीले फेरि मन्त्रालयको सहमतिका लागि निर्णय गर्‍यौं,’ समिति स्रोतले भन्यो, ‘तालुक मन्त्रालयको सहमतिका लागि बोर्डले गरेको यो तेस्रो निर्णय हो ।’ 

केही महिनायता बोइङ लिलामका लागि सहमति माग्ने निर्णय गर्दै निगमले फाइल पठाउने र मन्त्रालयले निगमकै नियम उद्धृत गर्दै बोर्डकै अधिकार भएकाले मन्त्रालय नपठाउनु भन्नेक्रम चल्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया