दुई लाख २५ हजार मानिसलाई एउटा एम्बुलेन्स, एक युवक रुदै भन्छन्: अब युद्ध नहोस् (भिडियो रिपोर्ट)

७ बर्ष अगाडि

काबुल – काबुल शहरमा भण्डै ५० लाख मानिस बस्दछन् । तर त्यहा एम्बुलेन्स भने जम्मा २२ ओटा मात्र छन् । जनसंख्याको हिसाबले २ लाख २५ हजार मानिसलाई एउटा एम्बुलेन्स पर्दछ । 

केहि समयअघिको कुरा हो काबुलमा एउटा ठुलो विस्फोट भयो । उक्त विस्फोटमा धेरै घाइते भए । काबुल विस्फोटको स्मरण गर्दे एक व्यक्तिले भने , त्यस समयमा मैले एउटा एम्बुलेन्समा १०, १२ जना बच्चा र महिला राखे । घाइतेहरुलाई २००१ मा बनाइएको एक अस्पतालमा लगियो । 

दुर्घटनामा परेका एक युवकले भने म मेरो दाई र दुइजना काका थियौ, काकाले यो ठाउ खतरनाक हुने बताउनु भयो । र हामी विस्फोटमा नपरौ भन्दै फर्किदै थियौ तर आउदा बाटोमै विस्फोट भयो । ति युवकले भनेका छन्, म सरकारलाई शान्ति ल्याउन र युद्ध समाप्त गर्न आग्रह गर्दछु । अब युद्ध नहोस् ,अब पुग्यो । 

काबुलमा अकस्मात विस्फोट र आक्रमण हुन्छ । एक हप्तामा दुई घातक अक्रमण पनि हुन्छन् । आक्रमणमा परेका विरामीलाई एम्बुलेन्समा लगिन्छ, तर सुरक्षाकर्मीले एम्बुलेन्स रोकेको रोक्यै गर्छन् । यति सम्म गरिन्छ कि सुत्केरी व्यथा लागेर लगेको बिरामीलाई पनि विस्फोटक पदार्थ छ कि भनेर चेक गरिन्छ । बिरामीलाई एकदमै पिडा भइरहेको हुन्छ तर अस्पताल पुर्याउन सकिदैन । 

सन् २०१८ मा तालिवानले एउटा एम्बुलेन्समा विस्फोट गरायो र त्यस घटना पश्चात एम्बुलेन्सलाई पनि सुरक्षाकर्मीले चेक गर्न थाले । 

सन् २०१८ मा भएको आक्रमणबाट झण्डै ३८ सय भन्दा बढीको ज्यान गयो । त्यसमा ज्यान गुमाउनेमा ९२७ बालबालिका थिए । बिबिसीको सहयोगमा 

७ बर्ष अगाडि

प्रतिक्रिया