माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आक्रोश व्यक्त गरेका थिए । विशेषगरी मन्त्रीहरुको सरुवामा प्रमले मनोमानी गरेको मन्त्रीहरुको भनाई थियो ।
भेटका क्रममा मन्त्रीहरुले आफ्नो मन्त्रालयबाट भए गरेका कामबारे प्रचण्डलाई ब्रिफिङ समेत गरेका थिए । यस्तै पार्टीले सम्हालेका मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयलाई प्रभावकारी बनाउन योजनाबद्ध रुपमा अघि बढ्नेबारे छलफल भएको पनि छलफल भएको उनको भनाई छ । उनका अनुसार मन्त्रालयको नीति तथा कार्यक्रम नै बनाएर अघि बढिनेछ ।
यस्तै सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रममा के कस्तो कार्यक्रम समावेश गर्ने भन्नेमा पनि सामान्य छलफल भएको पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया