काङग्रेस नेता डङ्गोललाई मातृशोक

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता एवा् पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ । 

नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो । 

स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी हुनुहुन्छ, जसमध्ये नेता डङ्गोल जेठो छोरा हुनुहुन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया