लोकसभाको निर्वाचनपछि मात्रै 'ईपिजी'को प्रतिवेदन बुझ्छौं’ : गृहमन्त्री सिंह

७ बर्ष अगाडि

नयाँ दिल्ली – भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । 

उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’

७ बर्ष अगाडि

प्रतिक्रिया