काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित कार्य भएको बताएका छन् ।
वेला वेला सरकार प्रति तिखो वाण प्रयोग गर्ने देउवा विप्लव, सिके राउत र रेशम चौधरी प्रकरणमा सरकारले गरेको निर्णयप्रति भने उनले सरकारको समर्थन गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार कुरा गर्दा पनि उनले सार्वजनिक-निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताए । उनले ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने उनको तर्क थियो ।
देउवाले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजायबाट निहत्था मारिएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन बोलाइ बालकसहितको हत्या गर्नु अपराधी क्रियाकलाप भएको उल्लेख गरे ।
प्रतिक्रिया