आफूमाथि प्रतिबन्ध लागेपछि विप्लवले पूर्वसहकर्मी बादललाई के भने ?

७ बर्ष अगाडि

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । 

पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् ।

विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्रतिगामी संविधान’ अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्ललेख गरेका छन् ।

‘चुनाव वहिष्कारका क्रममा हाम्रा तीनजना साथीहरुको हत्या राज्यबाट भयो । हालै कपिलवस्तुको शिवगढी अञ्चलापुरका युवा दुर्गा रोकालाई जंगलमा लगेर गोली हानिएको छ’, विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘रोल्पासहितका जिल्लामा प्रहरी अपरेशन चलाइरहेका बेला प्रतिबन्धको घोषणा गरिनु हाम्रा लागि कुनै ठुलो र नौलो कुरा होइन ।’

यस्तो छ विज्ञप्ति:

७ बर्ष अगाडि

प्रतिक्रिया