नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने

७ बर्ष अगाडि

काठमाडौँ – नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने भएको छ । 

कोषले २२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यो लाभांश दिने निर्णय गरेको हो । 

कोषका अनुसार आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया