डण्डीबियो प्रतियोगिता शुरु, २० टोलीको सहभागिता

६ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । 

त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । 

नेपाल डण्डीबियो सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिताको विजेताले रु २० हजार, उपविजेताले रु १५ हजार तथा तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया