बिप्लव माओबादीले भन्योः इँटको जवाफ पत्थरले दिन्छौं

७ बर्ष अगाडि

सरकारले पार्टीका गतिविधिमाथि प्रतिवन्ध लगाएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारको प्रतिरोध गर्ने बताएको छ । दलको गतिविधि हिंसात्मक भएको निष्कर्षसहित सरकारले प्रतिवन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपाले आक्रामक बन्ने वताएको हो ।

गतिविधिमाथि प्रतिवन्ध लगाएको भन्दै सो पार्टीका केन्द्रीय सदस्य दिपेश राईले ‘सरकारलाई जवाफ दिने’ बताए । हामी इँटको जवाफ पत्थरले दिन्छौ,’ राईले भने ।

बिप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सरकारले हिजोमात्र प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाएपछि नेकपाका केन्द्रीय सदस्य राईले आफुहरुमाथि प्रतिवन्ध गणतन्त्रमाथिको उपहास भएको टिप्पणी गरे ।

उनले भने, ‘यो गणतन्त्र पूर्ण होइन तर हाम्रोे त्याग, तपस्या र बलिदानबाट आएको हो । लडेर गणतन्त्र ल्याउनेहरुमाथि नै प्रतिबन्ध लगाउनु भनेको भद्धा मजाक हो ।’

सरकारले देश विखण्डन गर्छु भन्नेलाई जेलबाट निकालेर अंकमाल गरेको भन्दै उनले भने, ‘तर हामी जनजीवीकाको पक्षमा कुरा उठाउने समानताका कुरा उठाउनेमाथि प्रतिवन्ध लगाउनु भनेको यो सरकारको पतनको बाटो हो । अब सरकारले समृद्धि होइन पतनको यात्रा सुरु गरेको छ ।’

उनले सरकारले प्रतिवन्ध लगाउदैमा नडराउने बताए । विप्लवका नेताहरु आफुहरु राजनीतिक विचार, दर्शन र भिजन सहित पार्टीमा लागेको बताउछन् । राईले भने ‘सरकारले प्रतिवन्ध लगाउदैमा सकिन्छ अथवा डराउँछ भनेर न सोचे हुन्छ । यदि सरकारले यस्तो सोच्छ भने सरकारकै दुर्भाग्य हो ।’

उनले समाजवादका लागि पार्टीले संघर्ष गरिरहेको भन्दै भने, समाजबाद ल्याउन लड्न हिडेको मानिस हौ प्राप्ति नभएसम्म लडिरहन्छौं ।’

७ बर्ष अगाडि

प्रतिक्रिया