अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने

६ बर्ष अगाडि


अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् । 

नेपालका तर्फबाट चार जना खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो । 

यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया