काठमाडौं – सबैभन्दा राम्रो नोकरी छोडेर कुनै पनि मान्छे आफै व्यवसाय गर्न थाल्ला । धेरै मान्छेलाई सोध्नु भयो भने कमै मात्र गर्न सक्छौ वा थाल्छौ भन्ने जवाफ दिन सक्छ ।
अधिकाशं मान्छेले बढी तलब आउने रोजगारीलाई नै निरन्तर अगाडि बढाउन चाहन्छ । कमैको मात्र चासोमा व्यवसाय वा आफ््नै काम हुन सक्छ । पछिल्लो पटक भारतीय यूवा तथा युवतीमा बढी तलब आउने जागिर छाडेर व्यवसायमा आर्कषित भइरहेको तथ्य सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार युवा नै रोजगारी छाडेर व्यापार तथा व्यवसायमा आर्कषित भएका छन् ।
बढी तलब आउने कम्पनीको रोजगारी छाडेर व्यापार तथा व्यवसाय सुरु गरेका कारण हाल ४०० करोड बराबरको आनै कम्पनी खडा गर्न सफल भएको पाइएको छ । ती युवतीले ४ वर्ष पहिले आनै कम्पन िसुरु गरेकी थिइन । हाल उनको कम्पनीको हरेक दिन १३ हजार करोड भारतीइ रुपैयाँ बराबरको अर्डर आउने गरेको छ ।
बेरोजगार भए, कमा पाइन भन्दै विदेशतिर भौतिारिने, निराश भएर बस्नेहरुका लागि यो एउटा गतिलो सकारात्मक उदाहरण हुन सक्छ । जागिर मात्रै केही होइन, आफ्नै काम गरेर भएपनि धेरै कमाउन सकिन्छ भन्ने उदाहरण ती युवतीले पेश गरेकी छिन् । उनलाई नपुग्दो केही थिएन, राम्रै तलब आउँथ्यो, राम्रै काम गर्ने अवसर पनि थियो । तर जागिर भनेको अरुको अण्डरमा काम गर्नुपर्ने भएकाले आफ् कम्पनी नै उनका लागि योग्य सावित भयो ।
भारतको अहमदावादका विद्यार्थी रश्मी दागाले जागिर छाडेर आनै व्यापार गरेका कारण उच्च स्तरको सफलता हासिल गरेकी छिन् । ४ वर्षको बीचमा उनले ४०० हजार करोड बराबरको कम्पनी खडा गरेकी छिन् । मेट्रो शहरमा फ्रेस फलफूलको डेलीभरी गर्ने उनको कम्पनी फ्रेस मेन्यूले आजकल हरेक दिन १३ हजार करोड बराबरको ताजा फलफूल वितरण गर्ने गरेको छ ।
रश्मीको कम्पनी आजकल धेरैका लागि उदाहरणीय कम्पनी बनेको छ । होटलहरुको चेनको रुमपा विकास भएको आयो होटलले समेत उनकै कम्पनीको ताजा फलफूल खरीद गर्ने तयारी गरेको छ । उसले फलफू नै खरीद गर्ने कि रश्मीको कम्पनी नै खरीद गर्ने हो सो बारेमा केही बताइएको छैन । तर सञ्चारमाध्यमहरुका अनुसार भने उनको कम्पनी ४२० करोड भारतीय रुपैयाँमा डील भइरहेको बताइएको छ ।
सानो प्रयासबाट पनि ठूलो काम गर्न सकिन्छ र धेरै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी रश्मीको बारेमा हाल सोध खोज मात्रै होइन, भारत भर नै चर्चा भइरहेको छ ।
प्रतिक्रिया