काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका छन् । तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले भारत भ्रमणका क्रममा आफूले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवयायीसँग भेटवार्ता गरेको बताउँदै ओलीले नेपालमा लगानी गर्न भारत इच्छुक रहेको पाएको समेत बताए ।
उनले आफ्नो भारत भ्रमणका विषयमा अरु धेरै बोल्नै आवश्यक नरहेको भन्दै तस्बिर आफैं बोल्ने बताए ।
उनले भने–तस्बिर आफै बोल्छ , नेपाल भारत सम्बन्ध कसैले बिगारेन भने सँधैको लागि सम्बन्ध सुधारिएको छ । हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् । नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन ।’
उनले आफ्नो भारत भ्रमण कुनै बनाउटी र देखावटी नभएको भन्दै भारतसँग मित्रता खुलस्त, खुलापन , पारस्पिरिक सम्बन्ध सर्वभौमिता, दुबैदेशको हित र पारस्पिरिक लाभको आधारमा हुने स्पष्ट कुरा राखेको बताए ।
प्रतिक्रिया