गौशाला – महोत्तरी भङ्गहा नगरपालिका–९ का मुनिलाल सदा ‘मुसहर’ र लक्ष्मेश्वर यादवले प्रहरी चौकी निर्माणका लागि जग्गादान गरेका छन् ।
‘मुसहर’ र यादवले संयुक्तरुपमा प्रहरी चौकी जमुनियाको निर्माणका लागि पाँच कट्ठा १२ धुर जग्गा प्रदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । भङ्गहा नगरपालिकाको वडा नम्बर ९, ६, ७ जमुनियासहितको क्षेत्रमा पछिल्लो दिनमा चोरी र डकैतीका घटना धेरै भएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासी मुसहर र यादवले आफ्नै गाउँ स्थायी प्रहरी चौकी निर्माणका लागि सो जग्गा प्रहरी चौकी जमुनियाको नाउँमा पास गरी लालपूर्जा हस्तान्तरण गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
प्रहरी चौकी निर्माणका लागि मुसहर र यादवले जग्गा प्रदान गरेसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब त्यस ठाउँमा प्रहरी चौकी निर्माणका लागि पहल शुरु गरेको छ ।
प्रतिक्रिया