प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि उपाधि

८ बर्ष अगाडि

 नयाँ दिल्ली– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । 
उत्तराखण्डको पन्तनगरस्थित जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । 
सो समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन लागिपर्ने  प्रतिबद्धता जनाए । 
ओली आजै  अपरान्ह  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  तीन दिने  भारत भ्रमणका क्रममा ओली शुक्रबार भारत प्रस्थान गरेका थिए ।

८ बर्ष अगाडि

प्रतिक्रिया