देशै मेरो होइन भन्नेलाई गोली हान्नु पर्छ : दिपकराज गिरी

७ बर्ष अगाडि

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकमा कलाकार दिपकराज गिरीले सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् ।

स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

सिके राउतले सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तर्राइमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकले उक्त स्टाटस लेखेका हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया