मेयर शाक्यद्वार क्षतिको विवरण सङ्कलन गर्न निर्देशन

७ बर्ष अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । 

आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद् व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिनुभएको हो । 

महानगरपालिका–२४ स्थित मख्खनटोलमा गत बिहीबार मध्याह्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो । 

कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठलाई निर्देशन दिँदै प्रमुख शाक्यले भन्नुभयो, “पहिले विवरण लिनुस् अनि वडाबाट राहतका कार्यक्रम अघि बढाउनोस् ।” 

आगलागीबाट स्थानीयवासी रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्णरुपमा क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया