पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जमिनमा वर्षाेदेखि पसिना बगाउदै आएका मानिस जमिनको मालिक हुनुपर्ने बताएका छन् ।
पोखरामा राष्ट्रिय भूमि अधिकार मच्चमा भएको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, नेपालमा आर्थीक समृद्धिको कुरा भुमि सग, भुमि सुधार सग, भु उपयोग निती सग, जमिनमा आधारीत अध्योगहरु स्थापना गनर्, उत्पादन बृद्धि गर्न सम्म आधुनिकीकरण गर्ने कुरामा जोडिएको छ ।
तर यी सबै कुरा भन्दा पहिलो र आधारभुत कुरा जमिनमा बर्षाेदेखि खेतीपाती गर्नेलाई जमिनको मालिक बनाउने कार्यबाट शुरु हुनेछ, र त्यहाबाट प्रकृया अगाडि बढ्छ प्रचण्डले भने ।
जमिनमा काम गर्ने र वर्षे देखि पसिना बगाएका मानिस जमिनको मालिक हुनपर्दछ प्रचण्डले भने । उनले यस प्रकृयामा आफ्नो विशेष भुमिका रहेको बताए ।
उनले यस विषयमा भुमीसुधार मन्त्री पद्मा अर्याललाई गम्भिर भएर यो समस्या समाधान गर्न आग्रह गरे ।
उनले भने यदि यो समस्या समाधान हुन सकेन भने,हाम्रो पार्टी सरकारमा रहिराख्नुको,कम्युनिष्ट पार्टी भइराख्नुको औचित्य हामीले सिद्ध गर्न सक्दैनौ ।
प्रतिक्रिया