दाङ – राष्ट्रिय प्रजातन्त्रपार्टिका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।
रिपोटर्श क्लव दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको सडक साक्षातकार कार्यक्रममा राप्रपा नेता थापाले विखण्डनवादी नेता रावतले आफ्नो अभिष्ट पुरागर्न यो संझौता गरेको बताउनुभयो ।
‘वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा वली र रावतबीच भएको संझौता भएको लगत्तै जनकपुरमा सिके रावत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षाघेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’— रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नेता थापाले बताउनुभयो । संझौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफु तराइलाइ भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहांले बताउनुभयो ।
त्यसैगरी साक्षातकार कार्यक्रममा उहांले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि उहांले बताउनुभयो । ‘चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहांले बताउनुभयो । त्यसैगरी उहांले सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मििनरपेक्षता हटाइ नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उहांको माग थियो ।
त्यसैगरी एक अर्को प्रसंगमा नेता थापाले आफुले पार्टिको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पार्नुभयो । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’—नेता थापाले भन्नुभयो । त्यसैगरी भुमिगत रुपमा शशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समुहलाइ पनि बन्दुक छाडेर जनताको वलमा आन्दोलनमा आउन आग्रह गर्नुभयो ।
त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्ःदै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन आम नेपालीलाइ आव्हान गर्नुभएको छ ।
विसं २०६२÷०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशिलाइ नागरीकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथी आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताउनुभयो । सो कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया